आज ४ बजेसम्म उम्मेदवार विरुद्ध उजुरी गर्न सकिने | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

आज ४ बजेसम्म उम्मेदवार विरुद्ध उजुरी गर्न सकिने

nirbachan aayog

काठमाडौं, २१ पुस । निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आजको दिन तोकेको छ ।

मनोनयन दर्ता गराएका कुनै व्यक्ति उम्मेदवार हुन अयोग्य भएको कसैलाई लागेमा उनीहरुले सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारको विरोधमा आज बिहान १० देखि दिउँसो ४ बजेसम्म उजुरी गर्न सकिनेछ । मंगलबार उम्मेदवारको मनोनयनपत्र र उजुरी जाँचबुझ बुधबार नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

यस्तै, यहि पुस २४ गते उम्मेदवारलाई नाम फिर्ताको समय दिइएको छ । पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी सोही दिन निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभामा रिक्त हुने १८ पदका लागि आइतबार ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);