नेकपाका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपाका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

Deuba-Prachanda

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनका बिषयमा छलफल

काठमाडौं, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ ।

राजधानीको बुढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनका बिषयमा दुवै नेताबीच छलफल भएको जनाइएको छ ।

अध्यक्ष दाहालका साथ नेकपाका महासचिव बिष्णु पौडेल पनि देउवा निवास पुग्नुभएको थियो । छलफलमा देउवा र दाहालले आयोग गठन छिटो हुनुपर्नेमा जोड दिनुभएको बताइएको छ ।

देउवाले दाहालसंग सरकारले ल्याएका मिडिया काउन्सिल लगायतका विवादास्पद विधेयक फिर्ता लिन पनि आग्रह गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);