बालुवाटारमा शिर्ष नेताबीच के विषयमा भयो छलफल ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बालुवाटारमा शिर्ष नेताबीच के विषयमा भयो छलफल ?

tin neta

काठमाडौं, ३ माघ । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नेकपा र कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सत्ता पक्ष र प्रतिपक्षी नेताबीच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नेबारे कुराकानी भएको जनाइएको छ ।

छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, मिनेन्द्र रिजाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ लगायतका सहभागी रहनुभएको थियो ।

दुवै आयोग गत वैशाख १ गतेबाट पदाधिकारीविहीन छन्। सरकारले आयोगमा पदाधिकारी सिफारिस गर्न गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो ।

समितिले दरखास्त आहृवान गरेका ५७ मध्ये ५४ र त्यसमा थप ७ गरी ६१ उम्मेदवारको सूची मंसिर पहिलो साता प्रकाशन गरेको थियो। तर, राजनीतिक तहमा सहमति हुन नसक्दा समितिले नाम सिफारिस गर्न सकेको छैन्।

सत्य निरूपण र बेपत्ता आयोग २०७१ माघमा गठन गरिएका थिए । द्धन्दकालीन घटनाका ६५ हजार हाराहारी उजुरी परेकामा आयोगले चार वर्षसम्म पनि छानबिन गर्न सकेन । छलफलमा आयोगमा चाडै पदाधिकारी नियुक्त गर्न नेताहरु सहमत भएका जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);