सत्य निरुपण र वेपत्ता आयोगमा अध्यक्षसहित पाँचजनाको नाम सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सत्य निरुपण र वेपत्ता आयोगमा अध्यक्षसहित पाँचजनाको नाम सिफारिस

काठमाडौं, ४ माघ । सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगमा अध्यक्षसहित पाँच र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्षसहित पाँचजना सदस्यको नाम सिफारिस सहितको प्रतिवेदन बुझाएको छ ।

शनिबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सिफारिस सहितको प्रतिवेदन सरकारसमक्ष बुझाइएको हो । सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित पाँच सदस्यीय सिफारिस समितिले तयार पारेको प्रतिवेदन बुझाइएको हो ।

सत्य निरुपण आयोगको अध्यक्षमा कांग्रेसको तर्फबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेकपाका तर्फबाट सदस्यहरुमा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरिएको छ ।

यसैगरी बेपत्ता आयोगको अध्यक्षमा नेकपाको तर्फका युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारीको नाम सिफारिस गरिएको छ । यसैगरी कांग्रेसका तर्फबाट सदस्यहरुमा सुनिल रञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस गरिएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको सहमति अनुसार दुवै आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समितिले सिफारिस गरेका व्यक्तिलाई मन्त्रिपरिषद्बाट नियुक्ती गरिनेछ ।

बैठकमा द्वन्द्वकालीन मुद्दा टुंग्याउन ऐन संशोधन गर्न दुई दल सहमत भएका छन् । समितिले सिफारिस गरेका व्यक्तिलाई मन्त्रिपरिषद्बाट नियुक्ती गर्नेमा पनि सहमति भएको छ ।

गत चैत मसान्तदेखि आयोग पदाधिकारीविहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुंगिन सकेका छैनन् । नेताहरूबीच दुवै आयोगसम्बन्धी विधेयकमाथिको संशोधन सहमतिका आधारमा ल्याउने समझदारी भएको छ ।

उनीहरूबीचको छलफलमा चालू संसद्को अधिवेशनमा नै विधेयक दर्ता गराएर सहमतिका आधारमा चाँडै ल्याउने समझदारी भएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);