राजपाद्वारा राष्ट्रियसभा निर्वाचनमा नेकपासँग भएको तालमेल अनुसार मतदान गर्न ह्वीप जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राजपाद्वारा राष्ट्रियसभा निर्वाचनमा नेकपासँग भएको तालमेल अनुसार मतदान गर्न ह्वीप जारी

rajendra mahato-rajapa

नेकपासँग भएको तालमेल अनुसार मतदान गर्न पार्टीका मतदातालाई निर्देशन

काठमाडौं, ४ माघ । राष्ट्रिय जनता पार्टी राजपाले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नका लागि सांसद, गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई ह्वीप जारी गरेको छ ।

राजपाले राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेकपासँग भएको तालमेल अनुसार मतदान गर्न पार्टीका मतदातालाई ह्वीप जारी गरेको हो । शनिबार काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकले दुई पार्टीबीचको सहमति अनुरुप मतदान गर्न राष्ट्रिय सभामा मतदाता हुने पार्टीका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई ह्वीप जारी गरेको संयोजक राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजपाले प्रदेश २ का प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका लागि ह्वीप जारी गरेको हो । राजपा र नेकपाबीच प्रदेश–२ मा ४ सदस्यका लागि हुने राष्ट्रिय सभा निर्वाचनमा २ –२ सिट बाँढेर तालमेल भएको थियो ।

दुई पार्टीबीच भएको सहमति अनुरुप राजपाले अन्य समूहबाट मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यक समूहबाट शेखर कुमार सिंहलाई र नेकपाले महिला समूहबाट तुलसा दाहाल र दलित समूहबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएका छन् । प्रदेश २ मा प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीले पनि २–२ सिटमा तालमेल गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);