सुदूरपश्चिम नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुदूरपश्चिम नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी

धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । आइतबार बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर अगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप जारी गरेका हुन् ।

प्रमुख सचेतक दुर्गाकुमारी कामीले दलका नेता शाहको निर्देशनअनुसार एमालेका २४ जना प्रदेशसभा सदस्यहरुलाई एसएमएस मार्फत नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न अपिल गरेको जानकारी दिएकी छन् । तर एमाले संसदीय दलले गरेको ह्वीप पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय प्रदेशसभा सदस्यहरुले नमान्ने बताउँदै आएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);