सत्य निरुपण तथा मेलमिलाप आयोग विघटन गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सत्य निरुपण तथा मेलमिलाप आयोग विघटन गर्न माग

काठमाडाैं, ८ माघ । द्वन्द्व पीडित साझा चौतारीले ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘वेपत्ता पारिएका व्यक्तिहरुको छानवीन आयोग’ तत्काल विघटन गर्न सरकारसँग पुनः माग गरेको छ ।

‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘वेपत्ता पारिएका व्यक्तिहरुको छानवीन आयोग’ले कामै गर्न नसकेको भन्दै ती दुवै आयोग तत्काल विघटन गर्न द्वन्द्व पीडित साझा चौंतारीले सरकारसँग पुनः माग गरेको हो ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चौतारीका अध्यक्ष भागीराम चौंधरीले ती दुवै आयोग विघटन गरी पीडितको समेत सहभागिता हुनेगरी संक्रमणकालीन न्याय सम्बन्धि नयाँ आयोग गठन नगरेसम्म आफूहरुलाई मान्य नहुने चेतावनी दिए । सरकारले ती दुवै आयोग विघटन गर्ने आफूहरुको सुझाव कार्यान्वयन नगरेकोमा चौतारीको आपत्ति छ ।

चौतारीले संक्रमणकालीन न्याय निरुपणका लागि गठन गरिएको ती दुवै आयोगले काम गर्न नसकेपछि गत असारमै विघटन गर्न सरकारसँग माग गरेको थियो । चौतारीले गम्भिर मानव अधिकार उलंघनका घटनामा संलग्न पीडकलाई अनिवार्य कैदको कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । अध्यक्ष चौधरीले द्वन्द्वकालका पीडकलाई उन्मुक्ति दिने षड्यन्त्र गरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);