इजरायलमा रोजगारी : केयरगिभरको लिखित परीक्षा २८ भदौमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इजरायलमा रोजगारी : केयरगिभरको लिखित परीक्षा २८ भदौमा

काठमाडौं । इजरायल रोजगारीमा जान आवेदन दिएका इच्छुक कामदारको लिखित परीक्षाको मिति तय भएको छ ।

दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) का लागि आवेदन दिएकाहरूको अंग्रेजी भाषाको लिखित परीक्षा २८ भदौ दिउँसो १ बजे काठमाडौंमा हुने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ ।

लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको अन्तर्वार्ता हुनेछ । छनोट प्रक्रिया नलम्बिएमा कामदार असोज मसान्तसम्म इजरायल उड्ने छन् ।

इजरायल रोजगारीका लागि एक हजार कामदारको माग गरेकोमा अनलाइनमार्फत नौ हजार ६ सय ९९ ले आवेदन दिएका छन् ।

इजरायलमा कामदारका लागि कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिकाअनुसार कामदारले नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्याबाट केयर गिभरसम्बन्धी कम्तीमा तीन महिनाको तालिमप्राप्त गरेको हुनुपर्नेछ ।

यसैगरी, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);