भारतमा ३० हजारमा झ-यो दैनिक संक्रमित संख्या | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

भारतमा ३० हजारमा झ-यो दैनिक संक्रमित संख्या

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ९ सय ४१ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १३ लाख ९४ हजार ५ सय ७३ परीक्षणमध्ये ३० हजार ९ सय ४१ मा संक्रमण पुष्टि भएको हो । यो संख्या अघिल्लो दिनको भन्दा १० हजार कम हो । अघिल्लो २४ घण्टामा भारतमा ४० हजार ९ सय ९ मा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा तीन सय ५० ले संक्रमणका कारण ज्यान गुमाएका छन् । योसंगै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या चार लाख ३८ हजार ५ सय ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३६ हजार २ सय ७५ सहित भारतमा हालसम्म तीन करोड १९ लाख ५९ हजार ६सय ८० संक्रमणमुक्त भईसकेका छन् ।

भारतमा हाल तीन लाख ७० हजार ६ सय ४० सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएका ५९ लाख ६२ हजार २ सय ८६सहित भारतमा कुल ६४ करोड ५ लाख २८ हजारभन्दा बढीले खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);