इजरायल जानेका लागि आवेदन खुल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इजरायल जानेका लागि आवेदन खुल्यो

काठमाडौं । वैदेशिक रोजगारका लागि जानेहरुका लागि इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ ।

वैदेखिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै कयेरगिभरका लागि आवदेश खुलेको जानकारी गराएको हो । इच्छुकहरुले २१ दिनभित्र विभागको वेभसाइटमा अनलाइन आवेदन दिन सक्ने जनाएको छ ।

विभागको सूचनाअनुसार इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाँदै छ जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष हुनु पर्ने छ । मन्त्रिपरिषद्को बैठकले इजरायलमा नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिकालाई पारित गरेपछि विभागले कामदार पठाउने प्रक्रिया सुरु गरेको हो ।

इजरायल जाने कामदारले न्यूनतम १ हजार ६सय डलर झण्डै एक लाख ९० हजार रुपैँया तलब पाउनेछन् । हप्तामा ६ दिन काम गर्नू पर्ने छ । खाने खर्च कामदार आफैले व्यवस्था गर्नुपर्नेछ भने बस्ने सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार व्यवस्था गर्ने सूचनामा उल्लेख गरिएको छ ।

इजरायमा केयर गिभरका लागि जानका लागि नेपाली नागरिक २५ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्दछ । उचाई कम्तीमा चार दशमलव नौ फिट हुन आवश्यक छ । तौल ४५ केजी हुनुपर्दछ ।

शैक्षिक योग्यताका हकमा भने आवेदकले कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा १५ महिाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्याता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको हुनुपर्दछ ।

अंग्रेजी भाषामा दक्ष हुन आवश्यक छ भने शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र आवश्यक रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);