इजरायलमा केयर गिभर कामदार लैजाने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

इजरायलमा केयर गिभर कामदार लैजाने तयारी

काठमाडौं, २३ मंसिर । इजरायलले आगामी महिना देखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया शुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिना देखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने बताउनुभएको हो ।

मंगलबार पत्रकारसँग कुराकानी गर्दै राजदूत गोडरले यस्तो बताउनुभएको हो । नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लागयतमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भइसकेको छ ।

सम्झौतापत्रमा असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो । सोही सम्झौतालाई कार्यान्वयन गर्दै आगामी महिना देखि कामदार छनौटको प्रक्रिया शुरु गरिने राजदूत गोडरले बताउनुभयो । 

सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै संख्यामा कामदारहरु जान सक्ने पनि राजदूत गोडरले बताउनुभयो । सम्झौता अनुसार सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् । यस्तै नेपली श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षण समेत पाउने छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);