कोरोनाको बढ्दो संक्रमणका कारण इटालीमा क्रिसमस र नयाँ वर्षको बेला देशव्यापी लकडाउन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

कोरोनाको बढ्दो संक्रमणका कारण इटालीमा क्रिसमस र नयाँ वर्षको बेला देशव्यापी लकडाउन

एजेन्सी, ४ पुष । इटाली सरकारले कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि क्रिसमस र नयाँ वर्षमा देशव्यापी लकडाउन गर्ने आदेश दिएको छ । क्रिसमस र नयाँ वर्षमा सार्वजनिक बिदा हुने भएपनि इटाली सरकारले अत्यावश्यक कामबाहेक यात्रा, रेस्टुरेन्ट र बारमा बन्देज लगाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इटालीका प्रधानमन्त्री जुसेप्पे कोन्टेले क्रिसमस र नयाँबर्षमा देशव्यापी लकडाउन आदेश दिदै यसलाई ‘कठिन निर्णय’ भन्नु भएको छ । नेका छन् । कोन्टेले यसै महिनाको अन्त्यमा कोरोना विरुद्ध खोप कार्यक्रम सुरु हुने र महामारी अन्त्यको सुरुवात हुने विश्वास पनि व्यक्त गर्नुभयो । ‘रेड जोन’ नाम दिइएको यस कडा प्रतिबन्ध इटलीभर तीन चरणमा लागुु हुनेछ ।

पहिलो चरणमा २४ देखि २७ डिसेम्बर, दोस्रो चरणमा ३१ डिसेम्बरदेखि ३ जनवरी र त्यसपछि ५ देखि ६ जनवरीसम्म प्रतिबन्ध हुनेछ । यस अवधिमा मानिसहरूले अत्यावश्यक काम र स्वास्थ सम्बन्धी गतिविधिका लागि मात्रै घर छाड्न पाउने छन् ।

यस अवधिमा मानिसहरुले १४ वर्षभन्दा कम उमेरकाबाहेक दुई पाहुनालाई घर बोलाउन पाउनेछन् । राति १० बजेदेखि बिहान ५ बजेसम्म कफ्र्युु जारी गरिएको छ । यसैगरी नेदरल्यान्ड्स, जर्मनी, अस्ट्रिया, स्विडेन, स्लोभाकिया, बेल्जियम, स्पेन, पोर्चुुगल, लक्जम्वर्गलगायत युरोपेली देशहरुले पनि क्रिसमस र नयाँ वर्षमा सर्वसाधारणको सम्भावित भ्रमणलाई रोक्न नियममा कडाइ गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);