अस्ट्रियामा खोप नलगाएकालाई देशव्यापी लकडाउन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अस्ट्रियामा खोप नलगाएकालाई देशव्यापी लकडाउन

एजेन्सी । अस्ट्रियामा खोप नलगाएका व्यक्तिलाई लक्षित गरी देशव्यापी लकडाउनको घोषणा गरिएको छ । लकडाउनबाट करिव २० लाख मानिस प्रभावित हुनेछन् । कोभिड संक्रमणका बिरामी बढेसँगै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको हो ।

प्रतिबन्धपछि उनीहरू नियमित काम गर्न, अत्यावश्यक खानेकुरा किनमेल गर्न र खोप लगाउनजस्ता आधारभूत कार्यबाहेक घर छोड्न पाउने छैनन् । ‘यस कदमलाई हामीले हल्का रूपमा लिएका छैनौं, पालना नगर्नेलाई कडा कारबाही हुन्छ,’,अस्ट्रेलियाका चान्सलर अलेक्जेन्डर च्यालेनवर्गले भने । प्रतिबन्ध उल्लंघन गर्नेलाई एक पटकमा ९० युरोसम्म जरिवान हुनेछ ।  अस्ट्रियाको ६५ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएको छ ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);