टर्कीको एक कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर बिस्फोट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

टर्कीको एक कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर बिस्फोट

एजेन्सी, ५ पुष । टर्कीको एउटा कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर बिस्फोट हुँदा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

टर्कीको गाजियान्टेप शहरमा रहेको सान्को युनिभर्सिटी अस्पतालमा अक्सिजन भेन्टिलेटर बिस्फोट हुँदा ८ जनाको घटनास्थलमा र अर्का एक बिरामीको अर्को अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो ।

तर मृतकको शरिरमा आगलागीका कुनैपनि लक्षण नदेखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । भेन्टिलेटर विष्फोट हुँदा अक्सिजनको मात्रामा भएको कमीले उनीहरुको मृत्यु भएको आशंका गरिएको छ ।

मृत्यु हुनेमा ५६ देखि ८५ बर्ष उमेर समुहका रहेका छन् । घटना लगत्तै सो अस्पतालमा उपचाररत बिरामीहरुलाई अन्य अस्पतालमा सारिएको छ ।

यसैबीच घटनाप्रति समवेदना प्रकट गर्दै टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालीनले अन्य बिरामीको हकमा सक्दो छिटो उपचार गर्ने प्रतिबद्धता ब्यक्त गर्नभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);