बेलझुन्डी कोभिड अस्पतालमा अक्सिजन अभाव, अब भर्ना नलिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बेलझुन्डी कोभिड अस्पतालमा अक्सिजन अभाव, अब भर्ना नलिने

दाङ। दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीले अक्सिजन अभावका कारण अब संक्रमितलाई भर्ना नलिने भएको छ ।

अस्पतालका व्यवस्थापक दोर्ण वलीले अस्पताल हाल १०० बेडमा सञ्चालन भइरहेको भएता पनि अहिले ५७ जना कोरोना संक्रमित उपचाररत रहेको छन् ।

उनले भने ‘अस्पतालमा अक्सिजनको सहज र प्रयाप्त उपलब्धता नभएको हुँदा कसैले पनि संक्रमितलाई भर्नाको लागि सिफारिस र दबाब नदिनुहोला । अब थप संक्रमितलाई भर्ना गर्नु भनेको अस्पतालमा भर्ना भै उपचाररत संक्रमितहरुको ज्यान जोखिममा पार्नु हो ।’

उनले बेडको लागि धेरैको फोन आउने भएकाले मोबाइल अफ गर्ने बाध्यता र मोबाइल फोन उठाउन नसकेको समेत बताए । उनका अनुसार अक्सिजन आवश्यक पर्ने संक्रमित भर्नागरी उपचार गर्न कठिनाइ भइरहेको छ । त्यसैले प्रयाप्त र सहज अक्सिजन उपलब्धताको लागि सहयोग गरिदिन दाङका मन्त्री , पूर्वमन्त्री , माननीय , पार्टीका नेता , समाजसेवी सबैमा आग्रह गरेका छन् ।

त्यस्तै अस्पतालमा बुधवार विहान र दिउँसो गरी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही १८ की ४५ बर्षीया महिलाका दिउँसो ४ः १५ बजे र घोराही १५ का ६५ बर्षीय पुरुषको विहान ९ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै अस्पतालमा बुधवार राती थप एकै साथ २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ४ का ४० बर्षीय पुरुष र घोराही उपमहानगरपालिका ९ का ६५ बर्षीय पुरुषको राती ९ः १५ बजे अस्पतालमा मृत्यु भएको व्यवस्थापक वलीले जानकारी दिएका छन् । बबईका पुरुष अस्पतालमा बैशाख १७ गतेदेखि आइसियूमा भर्ना भएका थिए, भने घोराहीका वैशाख १५ गते एचडीयूमा भर्ना भएका थिए ।

उनीहरु दुबैमा निमोनिया संगै कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);