काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप कडाइ | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप कडाइ

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ ।

बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो ।

अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय भने बिहान ९ बजेसम्म मात्र खुला गर्न तर सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरूपमा पालना गर्नुपर्ने छ ।

कोरोना संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्दै आज बिहानैदेखि लागू हुने गरी आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलील बताए ।

यसअघि वैशाख १६ देखि २२ गतेका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो । आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);