संक्रमित संख्या बढेसँगै दाङको कोरोना अस्पतालमा बेड अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संक्रमित संख्या बढेसँगै दाङको कोरोना अस्पतालमा बेड अभाव

दाङ । दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा बेडको अभाव भएको छ ।

पछिल्लो समय जिल्लाका कोरोना संक्रमितहरु बढ्दै गएपछि बेडको अभाव रहेको हो । २५ जना सम्म राख्न मिल्ने क्षमता भएको अस्पतालमा बेडको अभाव भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । उनका अनुसार अहिले अस्पतालमा २६ जना कोरोना संक्रमितहरु रहेका छन् । ती मध्ये ५ जना आइसीयु बेडमा र २१ जना एचडियु बेडमा छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको भवनमा कोरोना विषेश अस्पताल छ । उक्त भवनको तेस्रो तलामा आयुर्वेद अस्पताल र दोस्रो तलामा आयुर्वेद चिकित्साशास्त्र अध्ययन गर्ने विएएमएसका विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । अन्य बेडहरु थप्नको लागि ठाउँ र जनशक्ति थप भएमा करिब ५०÷५५ जना विरामीहरु राखेर उपचार गर्न सकिने व्यवस्थापक वलीले बताए । ‘अहिले अस्पतालमा संक्रमितहरु खाने ठाउँ छैन,’ उनले भने,‘ मलाई अहिले पनि भर्ना गरिदिनको लागि फोन आइरहेको छ । अस्पतालमा राख्ने ठाउँ छैन । अब अस्पतालमा बेडहरु थप नगर्ने हो भने स्थिति गाह्रो हुने छ । ’

जिल्लामा एउटा मात्र कोरोना विषेश अस्पताल छ । उता घोराहीमा रहेको प्रतिष्ठानमा विरामीहरु भर्ना गर्ने भएता पनि दैनिक सुरुमा बेडको शुल्क तिनु पर्ने उनको भनाइ छ ।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिकामा शनिबार ३ जना विद्यार्थी सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ६ देखि ५७ बर्ष सम्म उमेरका रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

यो संगै तुलसीपुरमा कोरोना सक्रिय संक्रमित संख्या ५२ पुगेको छ । हाल बेलझुण्डी कोरोना विशेष अस्पतालमा बेड भरिएकोले संक्रमितहरु राख्न बेड नहुदाँ समस्या भएको समेत उनले बताए ।

प्रतिष्ठानमा आइसीयु र भेन्टीलेटर सेवा नहुदाँ अब गम्भीर विरामीहरुलाई कहाँ राख्ने भन्ने अन्यौल रहेको समेत उनले बताए ।

यसैक्रममा कोरोना संक्रमण बढ्दै जान थालेपछि जिल्लामा आइसीयु र अक्सिजन सहितका बेड संख्या वृद्धि गर्ने निर्णय भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले कोरोना बिषेश अस्पताल बेलझुण्डीमा रहेको ५ बेडको आइसीयु बेडलाई स्तर वृद्धि गरी २५ को बनाउने निर्णय भएको छ ।

त्यसैगरी, देउखुरी क्षेत्रका ४ वटा पालिकाले २५ बेडको अक्सिजन सहितको बेड तत्काल बनाउने र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको १७ बेडलाई २५ बेडमा वृद्धि गरी बिरामीको उपचार गर्ने निर्णय भएको छ । गम्भीर विरामीलाई आइसीयुमा भर्ना गर्ने, अक्सिजन दिनुपर्ने अव्स्थाका लागि घोराही तथा लमहीमा राख्ने र सामान्य अवस्थाकालाई घरकै आइसोलेसनमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ ।

साथै बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा भएको भवनमा अध्ययन गरिरहेका आयुर्वेदका विद्यार्थीहरुका लागि करिब ५० लाखको भवन तत्काल बनाउने समेत निर्णय भएको छ । त्यसका लागि घोराही र तुलसीपुर उपमहानगरले ११-११ लाख र अन्य पालिकाहरुले ७ लाख रुपैयाँका दरले रकम उठाएर भवन बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);