भेरी अस्पतालमा तीन कारोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भेरी अस्पतालमा तीन कारोना संक्रमितको मृत्यु

bheri hospital

बाँके । बाँकेको भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितकोे गए राति मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन जना संक्रमितको गए राति मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेले जनाएको हो ।

मृत्यु हनेहरुमा राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुष, बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिला र नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिला रहेको बताइएको छ ।

बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ भने बाँके जिल्लाका मात्रै ६० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);