कोरोनाको दोश्रो लहर : बाँकेमा २४ घण्टामा ७ संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

कोरोनाको दोश्रो लहर : बाँकेमा २४ घण्टामा ७ संक्रमितको मृत्यु

बाँके । नेपालमा कोरोनाको दोश्रो लहर चलेसँगै स्थिति भयावह बनेको बाँकेमा पछिल्लो २४ घण्टामा मात्रै सात संक्रमितको मृत्यु भएको छ । शनिबार बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएसँगै बाँकेमा २४ घण्टाको अवधिमा मृत्यु हुनेको संख्या सात पुगेको हो ।

शनिबार बिहान नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमा जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुष, राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५, नेपालगञ्ज उपमहानगरपालिका–८ का ३५ वर्षीय पुरुा रहेका छन् ।

योसँगै कोरोना संक्रमणका कारण बाँकेमा ७६ ले ज्यान गुमाई सकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);