बाँकेमा ६ कोरोना सक्रमितको मृत्यु, मृत्यु हनेको संख्या ११८ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

बाँकेमा ६ कोरोना सक्रमितको मृत्यु, मृत्यु हनेको संख्या ११८ पुग्यो

बाँके। बाँके जिल्लामा शनिबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा उपचाररत बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना गरी थप ६ संक्रमितको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जनाएको छ ।

त्यस्तै, नेपालजञ्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । उता नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका–५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यस्तै नेपालगन्जकै भेरी अस्पतालमा ५५ वर्षीय एक महिलाको पनि मृत्यु भएको हो । उता , मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका–११ का ३५ वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पताले जनाएको छ ।

त्यस्तै, दाङको दगीशरण गाँउपालिका वडा नं १ का ६० वर्षीय पुरुषको पनि मेडिकल कलेज कोहोलपुरमै मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११८ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);