बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै एक व्यक्तिको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै एक व्यक्तिको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बसेका एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बसेका कोहलपुर–५का ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने पालो नआउँदै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);