बर्दियाको क्वारेन्टीनमा बसेका युवकद्वारा आत्महत्या, पीसीआर रिपोर्ट पोजेटिभ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बर्दियाको क्वारेन्टीनमा बसेका युवकद्वारा आत्महत्या, पीसीआर रिपोर्ट पोजेटिभ

suicide

बर्दिया, साउन १२ । क्वारेन्टीनमा बसेका एक जना युवकले आज आत्महत्या गरेका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारेन्टीनमा बसेका एक युवकले आइतबार राति आत्महत्या गरेको बर्दिया प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय भुरिगाउँका अनुसार अछाम बन्निगढी गाउँपालिका घर भइ ठाकुरबाबा-४ सैनवारमा आफन्त कहाँ आएका रामबहादुर साउँदलाई आफन्तले घरमा बस्न नदिए पछि उनी दुई दिन प्रतिक्षालयमा सुतेकाे भय पनि पछि उनलाई क्वारेन्टीनमा राखिएकाे थियाे ।

क्वारेन्टीनमा पछाडिको रूखमा आफूले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले बताउनु भयाे । उहाँले उनी मानसिक राेगि समेत भयकाे आशंका गरिएकाे श्रेष्ठले बताउनु भयाे ।

तीन दिन देखि ठाकुरबाबा नगरपालिकाकाे क्वारेन्टीनमा बस्दै आएका साउदले नगरपालिकाको क्वारेन्टीन बाहिर रहेकाे रूखमा झुण्डीएर आत्महत्या गरेका हुन् ।

युवक करिव ६ दिन पहिला भारतको राजस्थानबाट हिँडेका युवक पश्चिम कैलाली हुँदै ठाकुरबाबामा आफन्त कहाँ आएका थिए । आफन्तले घरमा बस्न नदिएर क्वारेन्टीनमामा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ३ दिन अघि क्वारेन्टीनमा लगेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले उनको आइतबार दिउँसो पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि भेरी अस्पताल नेपालगन्जमा स्वाब परीक्षणका लागि पठाएकोमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);