बाग्लुङमा एक वर्षीय बालिका सहित थप ८ जनालाई कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बाग्लुङमा एक वर्षीय बालिका सहित थप ८ जनालाई कोरोना पुष्टि

बाग्लुङ, ११ भदौ । बागलुङमा बिहिबार एक जना प्रहरी सहित थप ८ जनालाई कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बाग्लुङ नगरपालिकाका ६ जना र काठेखोला गाउँपालिकाका २ जनालाई कोरोना पुष्टि भएको हो ।

बाग्लुङ नगरपालिकाका संक्रमितहरु मध्य एक जना विपद व्यवस्थापनका प्रहरी हुन भने, एक जना नेपाली सेनाका सिपाइ, एक जना भारतदेखि आइ होटल क्वारेन्टीनमा बसेका पुरुष, एक जना बालिका र दुई जना महिला हुन् । यस्तै काठेखोला संक्रमितहरुमा एक जना कर्मचारी र एक जना भारतदेखि आइ क्वारेन्टीनमा बसेका रहेको पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा बानपा–३ की एक जना एक वर्षीय बालिका, बुटबलमा तालिम सम्पन्न गरि विपद व्यवस्थापनमा आएका २१ वर्षीय नेपाल प्रहरी, नेपाल आर्मीमा लम्जुङमा कार्यरत रहि छुट्टीमा घर (बाग्लुङ) आएका बाग्लुङ नगरपालिका–१० का २८ वर्षीय सैनिक, भारतदेखि आएर बाग्लुङ नगरपालिकाको क्वारेन्टीनमा बसेका बानपा–८ का २४ वर्षीय एक जना पुरुष र संक्रमितको सम्पर्कमा आएका बानपा–३ का दुई जना महिलालाई कोरोना पुष्टि भएको बाग्लुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।

यस्तै काठेखोला गाउँपालिकाका ३१ वर्षीय कर्मचारी र ३४ वर्षीय भारतदेखि आएर क्वारेन्टीनमा बसेका पुरुष हुन् । संक्रमित कर्मचारी गाउँपालिकाका ईन्जिनियर रहेको र ईन्जिनियर भदौ २ गते काठमाडौंबाट आएर क्वारेन्टीनमा बसेको बताउनुभयो । संक्रमित १ वर्षीय बालिका भदौ ३ गते कोरोना पुष्टि भएकी ३५ बर्षिय महिलाको छोरी हुनभने बानपा–३ कै १९ र २७ वर्षीय दुई जना महिला भदौ ५ गते कोरोना पुष्टि भएको नेपाल आर्मीका दिदि र बहिनी हुन ।

बिहिबारसम्म बाग्लुङमा कोरोना संक्रमितको संख्या २ सय ९२ पुगेको छ । तीमध्ये २ सय ६० जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);