भिजेको अवस्थामा डीएपी मल वीरगंज आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भिजेको अवस्थामा डीएपी मल वीरगंज आइपुग्यो


वीरगंज,११ भदाै । साल्ट टे«डिङ कर्पाेरेशनले आयात गरेको रासायनिक मल पानीले भिजेको छ । लामो समयपछि वीरगंज आइपुगेको डीएपी मल भिजेको अवस्थामा आइपुगेको हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरबाट बुधबारसम्म ५० हजार बोरा मल भिजेको अवस्थामा आइपुगेको हो ।

तेस्रो मुलुकबाट आएको मल भारतको कोलकाता बन्दरगाह हुँदै वीरगंज सुक्खा बन्दरगाहमा शनिबार आइपुगेको हो । जस मध्ये अधिकांश मलका बोरा पानीले भिजेर कुहिएको अवस्थामा छ । तर, कति बोरा मल पानीले भिजेको छ भन्नेमा कुनै एकिन छैन । लामो समयपछि मल नेपाल भित्रिएको छ ।

मल भित्रिएपनि कृषकले मल कहिले पाउने कुनै एकिन छैन । धान रोपाई भएको महिना दिन बढी भएपनि कृषकले मल पाएका छैनन्। समयमै मल नपाउँदा खेतमा धान पहँेलो हुदैँ गएको छ । सरकारले ६० लाख धान उत्पादन हुने प्रक्षेपण गरेपनि मलकै कारण यस वर्षको धान उत्पादन घट्ने कृषि अर्थविज्ञहरुले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);