बारामा दुई सेना सहित ५ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बारामा दुई सेना सहित ५ जनामा कोरोना संक्रमण

corona virous

श्याम गुप्ता
बारा, १३ जेठ । नेपाली सेनामा कार्यरत दुई सैनिकमा सहित बारामा मंगलबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको पचरौता नगरपालिकामा वडा नं.२ मा नेपाली सेना सहिँत ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुँनेहरुमा क्वारेन्टाइनको सुरक्षा गर्न बसेका ३५ र ३६ वर्षका नेपाली सेना रहेका छन्, भने पचरौता नगरपालिका वडा नं. १ का ३० र ३५ वर्षिय पुरुष र वडा नं.२ का १९ वर्षिय पुरुष रहेका छन् ।

संक्रमित भएका पचरौता नगरपालिकाका संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

गत जेठ ७ गते उनीहरु सहिँत ५८ जनाको स्वाब संकलन गरी परिक्षणका लागि काठमाण्डौंको टेकु स्थित केन्द्रिय प्रयोगशाला पठाईएको थियो र हाल उक्त क्वारेन्टाइनमा एक सय ३ जना रहेको पचरौता नगरपालिका मेयर रमेश कुमार यादवले जानकारी दिनुभयो ।

यो सँगै बारा जिल्लामा कोरना संक्रमितको संख्या ४७ रहेको छ । जस मध्ये एक जनाको मृत्यु भएको छ ।

हाल सम्म जीतपुरसिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, बिश्रामपुर गाँउपालिकामा १, कलैया उपमहानगरपालिकामा २ , कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना , करैयामाई गाँउपालिकामा ३ जना , महागडीमाई नगरपालिकामा २१ जना, पचरौता नगरपालिकामा सेना (नेपाल आर्मी) २ जना र पचरौता नगरपालिकामा ३ जनामा भेटिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);