बारामा एकैदिन ६१ जनामा कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बारामा एकैदिन ६१ जनामा कोरोना संक्रमण पुष्टि

श्याम गुप्ता,
बारा
। बारमा एकैदिन ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाकाे विभिन्न पालिकाहरुबाट ९४ जनाको नमुना संकलन गरिएको मध्ये ६१ जनामा संक्रमण पुष्टि हाे ।

संक्रमण पुष्टि भएका मध्ये ४२ जना पुरुष र १९ जना महिला रहेका छन् । यो संक्रमणको दर परीक्षणको ६४.८९ प्रतिशत हो । यो परीक्षणले संक्रमण समुदायमा फैलिएर भयाभह हुँने अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले बताए ।

संक्रमित मध्ये जीतपुरसिमराका २० जना रहेका छन् । गत शुक्रबार २७ जना नयाँ र ३ संक्रमितको पुन :परीक्षणका लागि ३० जनाको नमुना संकलन गरिएकोमा जीतपुरसिमरा उपमहानगरपालिकाका कोभिड फोकल पर्सन जितन ठाकुर र एक जना पत्रकारसहित २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का १ जना , वडा नं २ का ११ जना वडा नम्बर ४ का २ जना , वडा नम्बर ७ का १ जना , वडा नं १५ का १ जना , वडा नम्वर १८ का २ जना , परवानीपुरका १ जना , दैलेख घरभइ जीतपुरसिमरा उपमहानगरपालिकाकाे कार्यलयमा कार्यरत २ जना रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);