नेपालमा संक्रमितको संख्या बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपालमा संक्रमितको संख्या बढ्यो

coronavirus test

वैशाख, २९ काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमी नगरपालिका–७ मा गरी थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै कोरोना संक्रमितको संख्या १२० पुगेको हो ।

स्वास्थ्य मन्त्रायद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार १८ देखि ३४ वर्षका पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयको भनाई छ । नेपालमा अहीलेसम्म पिसिआर र आरडीटि दुबै बिधिवाट गरी ७३ हजार ५ सय ६५ जना भन्दा बढीको कोरोना भाइरसको नमूना परीक्षण भएको छ ।

स्वाव परीक्षण, पिसिआर बिधिबाट १६ हजार ९ सय ८ जनाको कोरोना परीक्षण भएको छ । त्यसैगरी र्यापिड डाइगोनोष्टिक, आरडिटी विधिबाट ५६ हजार ६ सय ५७ जनाको परीक्षण भएको छ । संक्रमित संख्या १ सय २० जनामा ८८ पुरुष र ३२ जना महिला रहेका छन् । ती मध्ये ३१ जना उपचारपछि निको भएर घर फकिर्कएका छन । संक्रमित ८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);