आज ३९३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

आज ३९३ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३९३ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार ७९४ जनाको पिसिआर परीक्षण र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

२६३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ९४ पुगेको छ।

यस्तै काठमाडौं उपत्यकामा २२२ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १५६, भक्तपुरमा २१ र ललितपुरमा ४५ गरी २२२ जना थपिएका हुन्।

Leave a Reply

ताजा समाचार