निजगढबाट एम्बुलेन्समा काठमाण्डौं आएका थिए संक्रमित बालक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निजगढबाट एम्बुलेन्समा काठमाण्डौं आएका थिए संक्रमित बालक

ambulance

श्याम गुप्ता
बारा , ३ जेठ । बिहिवार ७ वर्षीय बालकलाई कोरोना भाईरस पुष्टि भएको छ । कोरोना पुष्टि भएका बालक बैशाक ६ गते बाराको निजगढ नगरपालिका वडा नं. १२ रामथलिबाट निजगढ नगरपालिकाको एम्बुलेन्समा काठमाण्डौं गएका थिए ।

दोलखा घर भई हाल चन्द्रगिरी नगरपालिका दहचोकमा बस्दै आएका ७ वर्षीय बालक बसोबास गर्ने ७ बर्षीय बालक परिक्षा सकेर विद्यालय बन्द भए पछि निजगढ नगरपालिका वडा नं. १२ मा रामलाल थिङ्गको (मामाघर) घरमा आमा सहिँत चैत ९ गते आएका थिए ।

तराईका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण सुरु भए पछि उनीहरु काठमाण्डौं जाने प्रयासमा रहेको बेलामा उनका एक आफन्त वर्ष २२ की रिमा चौधरी बिरामी भए पछि उक्त एम्बुलेन्समा बैशाक ६ गते उनीहरु पनि काठमाण्डौं फर्किए ।

एम्बुलेन्समा गएका बिरामीलाई उपचारका लागि टिचिङ्ग अस्पताल लगिएको १२ नं. वडाका अध्यक्ष ज्ञान बहादुर गोलेले बताए । अहिले उक्त बालक रहेको पुरै टोललाई सिल गरिएको र उक्त बालकसँग सम्पर्कमा आएको बेक्तिको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरिक्षक विकास थपलियाले बताउनु भयो । उनिहरुसँग अरु ६ ‚७ जना मानिसहरू पनि एम्बुलेन्समा गाएको स्थानीयले जानकारी दिए ।

बारामा हाल सम्ममा ३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आफ्नैं गाँउमा बसेर गएका ७ बर्षीय बालकलाई विहिवार मात्रै संक्रमण पुष्टि भए पछि स्थानीय त्रसित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);