बारामा जुवाडे सहित होटल सञ्चालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बारामा जुवाडे सहित होटल सञ्चालक पक्राउ

बारा, ३१ भदौ । ईलाका प्रहरी कार्यालय निजगढ , बाराले ४ जना जुवाडे सहिँत होटल सञ्चालक पनि पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा निजगढ नगरपालिका वडा नं.७ का ४७ वर्षिय टोकल भनिने जीतसिंह लामा, सोही नगरपालिका वडा नं.४ का ४० वर्षिय हरि ढुंगाना, सोहि वडाका ४६ वर्षिय होम् बहादुर खड्का, पर्सा ठोरी गाउँपालिका वडा नं.३ घर भई हाल निजगढ नगरपालिका वडा नं.७ मा बस्दै आएका ४७ वर्षिय शिव अधिकारी र सोही वडाका होटल सञ्चालक रमेश पौडेललाई गएराती पक्राउ गरेका हुन ।

उनीहरु पेशेवर जुवाडे रहेको बुझिएको छ । उनीहरुका साथबाट ५३ हजार नगद रकम सहित ३ बुक तास समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक विकास थपलियाले जानकारी दिएका छन् ।

पक्राउ परेका मध्ये जीतसिंह लामा राष्ट्रिय खेलकुद परिषदका , बारा जिल्ला तेक्वान्दो प्रशिक्षक तथा अन्र्तराष्ट्रिय रेफ्री समेत रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);