हिमाल आरोहणका लागि बहराइनका राजकुमार काठमाडाैंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हिमाल आरोहणका लागि बहराइनका राजकुमार काठमाडाैंमा

काठमाडाैं,३१ भदाै। हिमाल आरोहणका लागि बहराइनमा राजकुमार नासिर बिन हामिद अल खलिफासहितको टोली नेपाल आइपुगेको छ । राजकुमार सहितको टोली खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न बहराइनबाट आज नेपाल आइपुगेको हो ।

टोलीमा राजकुमार खलिफा सहित १८ जना रहेका जनाइएको छ । उक्त टोलीलाई परराष्ट्र मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उक्त टोली ६ दिन गोकर्ण फरेस्ट रिसोर्टको होटल क्वारेन्टाइनमा बस्ने र त्यसपछि काठमाडौंबाट लुक्लासम्म हेलिकप्टर र जहाजबाट जानेछन् ।

त्यहाँबाट लोबुचे हिमालको आधार शिविरसम्म पदायात्रा गर्ने जनाइएको छ । पर्यटन कोर्डका अनुसार उनीहरु २ महिनासम्म नेपालमा रहनेछन् ।

कोरोना संक्रमण जोखिमका कारण सुस्ताएको नेपालको पर्यटन बजारलाई यो हिमाल आरोहण अभियानले मध्यपूर्वलगायत संसारभर नेपालको पर्यटन प्रचारमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);