बहराइनका राजकुमारद्वारा मनास्लु हिमालको सफल आरोहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बहराइनका राजकुमारद्वारा मनास्लु हिमालको सफल आरोहण

काठमाडौं, २९ असोज । नेपाल भ्रमणमा रहनुभएका बहराइनका सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा सहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

राजकुमारसहितको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण गरेको सेभेन समिट ट्रेक प्रालिले जनाएको छ । सेभेन समिट ट्रेक प्रालिले आरोहणको व्यवस्थापन गरेको छ ।

गत असोज १७ राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

हिमाल आरोहण गर्न भनेर बहराइनका राजकुमारसहितको टोली गत भदौ ३१ गते काठमाडौं आएको थियो । यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् ।

सम्बन्धित समाचार

बहराइनका राजकुमारसहितको टोली लोबुचे हिमालको शिखरमा
हिमाल आरोहणका लागि बहराइनका राजकुमार काठमाडाैंमा

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);