बहराइनका राजकुमारसहितको टोली लोबुचे हिमालको शिखरमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बहराइनका राजकुमारसहितको टोली लोबुचे हिमालको शिखरमा

ओखलढुंगा, १७ असोज । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो । यो सिजनको पहिलो आरोहण हो ।

हिमाल आरोहण गर्न भनेर बहराइनका राजकुमारसहितको टोली गत भदौ ३१ गते काठमाडौं आएको थियो । यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् ।

टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको छ । लोबुचे हिमाल आरोहणमा नेपालका शेर्पा आरोही र पथ प्रदर्शकहरुले सघाएका थिए । बहराइनका राजकुमारसहितको टोली करिब दुई महिना नेपालमा बस्ने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);