पर्यटकको गन्तव्य बन्दै पाँचपोखरी, तिलमान र युवा पिक  | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पर्यटकको गन्तव्य बन्दै पाँचपोखरी, तिलमान र युवा पिक 

सिन्धुपाल्चोक , १५ पुस । सिन्धुपाल्चोकको पाँचपोखरी, तिलमान पास पिक र युवा पिक हिमालको पहिलो आरोहण सफलताका साथ पुरा गरी फर्किएका अध्ययन टोलीलाई गाउँपालिकाले सम्मान गरेको छ । मंसिर २६ गते शुक्रबार १२ बजेर २६ मिनेटमा टोलीले सफलतापुर्वक युवा पिक आरोहण गरेको थियोे ।

सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ६ सदस्यीय आरोहण दल र दुई जना माउन्टेन गाइडले ५ हजार ३ सय मिटरको पाँचपोखरी तिलमान पास पिक र ५ हजार ५ सय ५६ मिटरको युवा पिकको पहिलो पटक सफलताका साथ यात्रा पुरा गरेको हो । मौसमले साथ दिएको र समुहका सबै सदस्यले यात्रा पुरा गरेको अध्ययन टोलीका संयोजक माया गुरुङले जानकारी दिनुभयो ।

गुरुङको नेतृत्वमा आरोही कान्छीमाया स्याङ्बो तामाङ र दावा शेर्पा साथमा युवा नेता सोमर बोम्जन, मिलन तामाङ, पाँचपोखरी थाङ्पाल गाउँपालिका ३ नं वडाका अध्यक्ष ङिमाछिरिङ तामाङसहित ८ जनाको टोलीले यात्रा पुरा गरेको हो । यात्रा साहसिक र उपलब्धिमुलक भएको भ्रमण संयोजक माया गुरुङले बताउनुभयो । कतिपय ठाउँमा बाटो भुलेएर समस्या भएपनि बाटो बनाउन सकेमा तिलमान पास सबैले आरोहण गर्न सक्ने बताईएको छ ।

वडा नम्बर ३ का वडा अध्यक्ष ङिमाछिरिङ तामाङले काठमाडौंबाट नजिकै भएर पनि पर्यटन प्रबद्र्धनका हिसाबले पछि परेको भन्दै तिलमान पास पाँचपोखरी पिक र युवा पिक हिमाल आरोहणकालागि सहज बनाउन गाउँपालिकाले छिट्टै काम अगाडि बढाउने बताउनुभयो । पर्यटन प्रबद्र्धन तथा स्थानीय तहको विकासको पहिचानलाई आधार गन्तव्य पहिल्याउँदै पाँचपोखरी थाङ्पाल गाउँपालिकाले तिलमान पास पाँचपोखरी पिक र युवा पिक हिमाल आरोहणका निम्ति टोलीलाई मंसिर १९ गते विदाइ गरेको थियो ।

यो अध्ययन भ्रमणले पाँचपोखरीलाई धार्मिक तथा सांस्कृतिक रूपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष टासी लामाको भनाइ छ । काठमाडौँबाट सबैभन्दा नजिकको दुरीमा रहेको तिलमान पास गन्तव्य पाँचपोखरी थाङपाल गाउँपालिका सँगै जंगल गाउँपालिका र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको छ । पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको सफलतापुर्वक आरोहणले यसलाई साहसिक पदमार्गकालागि महत्वपुर्ण मानिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);