सगरमाथा आरोही पाण्डेद्वारा आमाडब्लम हिमालको सफल आरोहण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सगरमाथा आरोही पाण्डेद्वारा आमाडब्लम हिमालको सफल आरोहण

himal arohi-pandey

काठमाडौं, ४ मंसिर । सर्वाेच्च शिखर सगरमाथा आरोही प्रकाशराज पाण्डेले आमाडब्लम हिमालको सफल आरोहण गरेका छन् ।पाण्डेले ६ हजार ८ सय १२ मिटर उचाई रहेको आमाडब्लम हिमालको कात्तिक २२ आरोहण गरेका छन् ।

पाण्डेले आमाडब्लम हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, विश्व स्काउट संगठनको झण्डा र राष्ट्रिय युवा परिषदको झण्डा फहराएका थिए । आरोहणको लागि आमादब्लम हिमाल विश्वकै तेस्रो जटिल हिमाल मानिन्छ । पाण्डेले यस अघि सगरमाथा सहित वेडेन पावेल स्काउट पिक, र आइल्याण्ड पिक’ समेत आरोहण गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);