१२ वर्ष बित्दा पनि द्वन्द्व पिडितले न्याय पाएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

१२ वर्ष बित्दा पनि द्वन्द्व पिडितले न्याय पाएनन्

dwanda pidit

काठमाडौं, ४ मंसिर । द्वन्द्व पीडितहरुले विस्तृत शान्ति सम्झौंता भएको १२ वर्ष बित्दा पनि कुनै पनि सरकारले आफूहरुलाई न्याय दिन नसकेको गुनासो गरेका छन । विस्तृत शान्ति सम्झौंता भएको १२ वर्ष पूरा भएको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित द्वन्द्व पीडित राष्ट्रिय सम्मेलनमा सहभागीले सरकारले द्धन्द पीडितका समस्या समाधान गर्न नसकेको गुनासो गरेका थिए ।

सम्मेलनमा कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकारले आन्तरिक तयारीको कामलाई तीव्रता दिईरहेको दावी पनि गरे । मन्त्री ढकालले जघन्य अपराधमा संलग्न जोकोहीलाई पनि कारवाही गर्ने बताए ।

कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधिले द्धन्द्ध पीडितलाई न्याय दिन सबै राजनीतिक दलहरु एकहुनु पर्नेमा जोड दिएका थिए ।

बुधवार सम्म चल्ने सम्मेलनमा देशै भरका २ सय जना भन्दा बढी द्धन्द्ध पीडित परिवारका सदस्यहरुको सहभागिता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);