पहिलोपटक नेपाली महिलाले गरिन् धवलागिरि हिमालमाको सफल आरोहण | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

पहिलोपटक नेपाली महिलाले गरिन् धवलागिरि हिमालमाको सफल आरोहण

काठमाडौं । संसारको सातौं (८१६७ मिटर) अग्लो धवलागिरि हिमालको पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् ।

पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ बजे धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले जानकारी दिए ।

शेर्पाको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ २ असोजमा मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् । धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक आरोहण गरेको शेर्पाले बताए ।

श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे÷नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताए ।पूर्णिमाको टोलीले यसअघि ३ वैशाखमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन् । उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);