धौलागिरि हिमालमा चालू शरद् यामको आरोहण शुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

धौलागिरि हिमालमा चालू शरद् यामको आरोहण शुरू

काठमाडौ ।
म्याग्दीमा रहेको विश्वको सातौं अर्थात् आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालमा चालू शरद् यामको आरोहण शुरू भएको छ ।
सेभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एकरएक जनाले हिजो धौलागिरिको सफल आरोहण गरेका सञ्चालक मिङमा शेर्पाले जानकारी दिए ।धौलागिरिमा शेर्पाहरूको टोलीले अस्ति शनिवार शिखरसम्म बाटो बनाएको थियो ।पर्यटन विभागका अनुसार शरद् याममा धौलागिरि आरोहणका लागि तीन वटा समूहका सात महिला र १७ पुरुष गरी २४ जनाले अनुमति लिएका छन् । अघिल्लो वर्षको शरद् याममा १४ जनाले आरोहणको अनुमति लिएकामा रुसका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।छिनछिनमा परिवर्तन हुने मौसमका कारण धौलागिरि आरोहणलाई चुनौतीपूर्ण मानिन्छ ।

 

Leave a Reply