मकालु बेस क्याम्पमा एक डेनिस नागरिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मकालु बेस क्याम्पमा एक डेनिस नागरिकको मृत्यु

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ । मकालु बेस क्याम्पमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
 
विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि उनी बेस क्याम्प पुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले पुष्टि गरेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार थोर्वजन एडर्शनको मकालु बेस क्याम्प भन्दा केहीमाथि शनिबार दिउँसो मृत्यु भएको हो । गत असोज २५ गते तीन विदेशी पर्यटक सहित १० जनाको टोली ताप्लेजुङ हुँदै  मकालु आधार शिविर गएको थियो । 

हिउँमा फसेका दुई विदेशीसहित एक नेपालीको उद्धार 

मकालु बेस क्याम्पमा फसेका दुई विदेश पर्यटकसहित एक नेपालीको सकुशल उद्धार गरिएको छ । आइबार दिउँसो दुई जना डेनिस नागरिक र एक जना नेपालीको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ । 

मकालु बेस क्याम्पमा हिउँमा फसेका अन्य ६ जना नेपाली नागरिकको उद्धारको पहल भइरहेको उद्धारमार्फत काठमाडौं पुगेका नीरज कार्कीले बताए ।   कार्कीका अनुसार ६ नेपाली नागरिकसहित मृतक डेनमार्कका हेन्रिक थोर्वजन एडर्शन मकालु बेस क्याम्पमै रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);