बाग्लुङमा नेपाली सेना, प्रहरी सहितथप सात जनालाई कोरोना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाग्लुङमा नेपाली सेना, प्रहरी सहितथप सात जनालाई कोरोना

बाग्लुङ, १४ असोज । बाग्लुङमा नेपाली सेना, नेपाल प्रहरी र सवारी चालक सहित थप सात जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बाग्लुङमा रहेको नेपाली सेनाको नम्बर २३ बाहिनी अड्डामा कार्यरत तीन जना, जिल्ला प्रहरी कार्यालय बाग्लुङका एक जना प्रहरी, एक जना सवारी चालक हुन ।

सवारी चालक जैमिनी नगरपालिकाले विदेशबाटआउनेहरुलाई क्वारेन्टाइनसम्म पुराउनको लागि भाडामा लिएको सवारीका चालक हुन ।नेपाली सेनाका ३६, ३३ र ३६ वर्षका तीन जना पुरुष, जिल्ला प्रहरी कार्यालय बाग्लुङ माकार्यरत ४० बर्षिय एक जना पुरुष, सावारी चालक ३३ बर्षिय एक जनापुरुष र जैमिनी नगरपालिका–७ का ६१ बर्षिय एक जना पुरुष र ५२ बर्षिय एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका महामारी फोकल पर्सन याम बरालले जानकारी दिनुभयो ।

सवारी चालक र विदेशबाटआएका दुई जना अहिले क्वारेन्टाइनमा रहेको र उहाँहरुलाई नगरपालिकाले निर्माण गरेको आइसोलेसन कक्षमा सारिएको छ । कोरोना संक्रमण पुष्टि भएका जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी छुट्टीमा घर गएर पुनःकाममा फर्किएका हुन । उनलाई जिल्ला आएपछि क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);