ठाकुरबाबामा १५ शैयाको अत्याधुनिक आधारभूत नगर अस्पतालको शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ठाकुरबाबामा १५ शैयाको अत्याधुनिक आधारभूत नगर अस्पतालको शिलान्यास

बर्दिया, १९ मंसिर । ठाकुरबाबा नगरपालिकाको नेउलापुरमा १५ शैयाको अत्याधुनिक सुविधा सम्पन्न आधारभूत नगर अस्पतालको निर्माण कार्य को नेपाल सरकारका माननिय स्वास्थ्य राज्यमन्त्री नवराज रावतले शिलान्यास गर्नु भएको छ। सबै स्थानिय तहमा आधारभूत अस्पताल पुर्याउने नेपाल सरकारको नीति बमोजिक ३९६ तहमा एकै साथ आधारभूत नगर अस्पतालको निर्माण कार्यको थालनी भएको हो।

बर्दियाको ठाकुरबाबा नगरपालिकाको नेउलापुरमा १५ शैया रहने अस्पतालको बिहीबार शिलान्यास गरिएको हो । अस्पताल निर्माण भएपछि यस क्षेत्रमा रहेका निम्न आय भएका स्थानीय हरु स्वास्थ्य सम्बन्धि समस्या लिएर बाँकेको कोहलपुर नेपागञ्ज पुग्नु पर्ने बाध्यताबाट स्थानीयलाई राहत मिलोस र स्वास्थ्य सुविधा समेत आफ्नै स्थानीय तहमा प्राप्त हुन सकोस् भनेर अस्पताल निर्माण शुरू गरिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले बताउनु भयो ।

डिपीआर, स्वाइल टेस्ट समेत भइसकेको र करिब १८ करोडको लागत अनुमानित बजेट रहेको अस्पताल को छिट्टै नै टेण्डर प्रक्रियामा जाने समेत नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा १५ शैयाको अस्पताल निर्माण शुरू गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनु भयो ।

ठाकुरबाबा नगरपालिका बर्दिया राष्ट्रिय निकुञ्ज संग जोडिएको नगरपालिका भएको भए पनि अस्पताल निर्माण नहुँदा स्थानीयले अस्पताल नपुग्दै ज्यान गुमाउनु पर्ने समस्याबाट राहत पाउने अपेक्षा रहेको र निर्माण कार्य सहजीकरणका लागि सदैव साथ रहने स्थानीय युवा नेता दीपक कुमार तिमिल्सिनाले बताउनु भयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);