चार विगाहा क्षेत्रफलमा लगाइएको अबैध गाजा खेती प्रहरीद्वारा नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चार विगाहा क्षेत्रफलमा लगाइएको अबैध गाजा खेती प्रहरीद्वारा नष्ट

वीरगञ्ज, १९ मंसिर । केहि वर्ष अगाडी पर्सा प्रहरीले ग्रामीण भेगमा बन्द गराएको गाजा खेती फेरी किसानहरू बाट गरिन् थालिएको देखिएको छ । ग्रामीण क्षेत्रमा किसानले लगाएको गाँजा प्रहरीले फडानी गर्न थालेको देखिन्छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्व गएको प्रहरी टोलिले पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर १ अकुनिया, सिधपुर , सखुवनिया, मकावानी नया टोलमा लगाइएको करिब चार विगाहा क्षेत्रफलमा लगाइएको अबैध गाजा खेती प्रहरीले नष्ट गरेको छ।

त्यस्तै प्रहरी प्रहरी टोलिले बिहीबार मात्र पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँ पालिका वडा न १ मधुवान मथौवालको सथवल,सखुवानिया, सिध्पुर गरि ५ विगहा तीन कठामा लगाइएको गजा प्रहरीले नष्ट गरेको थिए ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र एकटाङ्गा प्रहरी चौकी रंगपुर,मनवा लगाएतको प्रहरीले विशेष सूचनाको आधारमा गजा खेती फडानी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गाजा खेती कस्ले गरेको हो भन्ने बारेमा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);