क्वारेन्टीनमा नाटक र नृत्यबाट सकरात्मक सन्देश फैलाउने प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

क्वारेन्टीनमा नाटक र नृत्यबाट सकरात्मक सन्देश फैलाउने प्रयास

विकास डाँगी
दाङ, १७ असार । दाङमा युवाहरुको एक समुहले क्वारेन्टीनमा बस्नेहरुको मनोबल उच्च राख्न र मानसिक रुपमा स्वस्थ राख्न नयाँ तरिका अपनाएका छन् । युवाहरुको समूहले क्वारेन्टीनमा नाटक, नृत्य प्रस्तुत गरेर उनीहरुमा सकरात्मक सन्देश फैलाउने अभियान चालेका हुन ।

दाङमा क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुलाई हौसला बढाउन तथा सकारात्मक सन्देश दिनका लागि यहाँका युवाहरुले फरक तरिकाले सचेतना गराउन थालेका छन् । क्वारेन्टीनमा बढ्दो आत्महत्या, बलात्कार तथा क्वारेन्टीनबाट भाग्नेहरुको संख्या बढीरहेका बेला युवाहरुले अभियान चालेका हुन् । तुलसीपुरका नमुना युवा संसदको अगुवाइमा ११ जना युवाहरुले क्वारेन्टाइनहरुमा बसेका ब्यक्तिहरुलाई नाटक तथा नृत्यबाट सकारात्मक सन्देश दिन थालेका हुन् ।

क्वारेन्टीनमा बसेकाहरुलाई मानसिक रुपमा स्वास्थ राख्ने प्रयत्न नै अभियानको उद्देश्य रहेको छ । सुरुवातमा दाङको तुलसीपुरमा रहेको १० वटा क्वारेन्टीनमा यो अभियान गर्ने र बिस्तारै जिल्ला भरी फैलाउने इसा वली अभियन्ताको भनाई छ ।

उनीहरुले नाटकमा स्वास्थ्यकर्मीहरुबाट पनि हुनसक्ने कमजोरीलाई खवरदारी गर्दै सकारात्मक सन्देश दिने गरेका छन् । क्वारेन्टीनमा बसेकाहरुका लागि फरक तरिकाले सचेत गराउने प्रयास गरेको नमुना युवा संसद तुलसीपुरका मदन भुसालले बताउनुभयो ।

क्वारेन्टीनमा बसेर आजित भएकाहरु युवाहरुको अभियानले उत्साहित भएका छन् । अभियानले आफुहरुलाई धेरै मनोरञ्जन तथा सन्देश दिएको भन्दै जिल्लाका सबै क्वारेन्टीनमा यस्तो व्यवस्था गर्नु पर्ने क्वारेन्टीनमा बसेकाहरुको भनाई छ ।

क्वारेन्टीनमा मनोरञ्जन प्रदान गर्ने क्रममा सदस्यहरुले सामाजिक दुरीका साथै आवश्यक सचेतनाहरु अपनाएका छन् । क्वारेन्टीमा रहेकाहरुको मानसिक स्वास्थ्यका लागि यस्तो कार्यक्रमले टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);