कोरोनाको दोश्रो लहरः बाँकेमा १२ घण्टाभित्र ५ संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कोरोनाको दोश्रो लहरः बाँकेमा १२ घण्टाभित्र ५ संक्रमितको मृत्यु

bheri hospital

बाँके । नेपालमा कोरोनाको दोश्रो लहर चलेसँगै स्थिति भयावह बनेको बाँकेमा पछिल्लो १२ घण्टाभित्र मात्र ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य बनेकी नेपालगञ्ज–३ की मोहम्मद सिद्दिकीको पनि संक्रमणबाट मृत्यु भएको हो । संक्रमण पुष्टि भएपछि गएको चैत २८ गतेबाट भेरी अस्पतालमा भर्ना भएकी उनको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी गएको १२ घण्टामा संक्रमणका कारण मृत्यु हुनेमा खजुराका ३६ वर्षीया पुरुष र ४७ वर्षीय महिला, नेपालगञ्जका ६० वर्षीय पुरुष रहेका छन् । यसका साथै कोहलपुरमा एक संक्रमितको घर मै मृत्यु भएको छ । ६० वर्षीय पुरुष शनिबार राति मृत्त अवस्थामा भेटिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);