श्वासप्रश्वासको समस्यापछि हेलिकोप्टरबाट उद्दार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

श्वासप्रश्वासको समस्यापछि हेलिकोप्टरबाट उद्दार

बागलुङ । बागलुङ, ११ वैशाख– कोरोना संक्रमण पछि नेगेटिभ रिर्पोट आइसकेका बिरामीमा श्वासप्रश्वासको समस्या देखिएपछि बागलुङका एक बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

शनिबार दिउँसो बागलुङ नगरपालिका–१० का ७१ वर्षीय बृद्ध बिरामीलाई काठमाडौं पठाइएको हो । १७ दिनदेखि कोरोना संक्रमणबाट उपचार गरिरहेका उनको पछिल्लो पीसीआर नेगेटिभ आइसकेपछि पनि स्वाशप्रश्वासमा सुधार नभएपछि काठमाडौं पठाउनु परेको मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

उनको साथमा अस्पतालका डा. अभिषेक वाग्ले समेत काठमाडौं गएका छन् । ती बिरामीलाई एयर डाइनेष्टीको हेलिकोप्टरले काठमाडांै स्थित ग्रिनसिटी अस्पताल पठाइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);