कोरोनाका कारण एकको मृत्यु, थप २६ मा कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाका कारण एकको मृत्यु, थप २६ मा कोरोना पुष्टि

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका कुभिन्डेका ३७ वर्षीया राजन गिरीको शनिबार बिहान मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ । गिरीलाई हिजो जिल्ला अस्पतालबाट धुलिखेल रिफर गरिएको थियो ।

हिजो बेलुका कोभिड पोजेटिभ देखिएको उनको आज बिहान मृत्यु भएको हो । उनको शनिबार बिहान पौने ८ बजे मृत्यु भएको अस्पतालले जनाएको हो । आइसीयु बेड नभएपछि उनको इमर्जेन्सी कक्षमा राखेर उपचार गरिएको थियो ।

दोस्रो लहरमा यसअघि सिन्धु विकास बैंकमा काम गर्ने एक कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

थप २६ मा कोरोना पुष्टि
सिन्धुपाल्चोकमा प्रहरी प्रमुख राजन अधिकारी सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पीसीआर परीक्षणका लागि पठाइएको ६० नमूनामा २६ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

१६ महिला र १० पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबै चौतारा नगरपालिकाका छन् । यो सँगैं सिन्धुपाल्चोमा संक्रमितको संख्या ८३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);