दाङमा थप एकको कोरोना संक्रमणबाट मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

दाङमा थप एकको कोरोना संक्रमणबाट मृत्यु

दाङ। दाङमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १२ की ४६ बर्षीया महिला रहेको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङले जनाएको छ ।

उनको शनिबार बिहान २ : १० बजे अस्पतालमा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनी बैशाख ११ गतेदेखि अस्पतालमा आइसियुमा भर्ना भएकी थिइन् । उनलाई निमोनियासँगै कोरोना संक्रमण पुष्टि भएको व्यवस्थापक वलीले जानकारी दिए ।

यो संगै अस्पतालमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रबार अस्पतालमा ४२ जना कोरोना संक्रमितहरु रहेका थिए, भने ती मध्ये ५ जना आइसियुमा उपचाररत थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);