कोरोना संक्रमणका कारण पोखरामा थप दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना संक्रमणका कारण पोखरामा थप दुई जनाको मृत्यु

पोखरा, ३० चैत । कोरोना संक्रमणका कारण पोखरामा आज दुई जनाको मृत्यु भएको छ।

संक्रमणबाट मृत्यु हुनेमा तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका निवासी ५१ वर्षीय पुरुष रहेका छन् । उनमा चैत २३ गते कोरोना पोजेटिभ भएर उपचारका लागि चरक मेमोरियल अस्पताल भर्ना गरिएको थियो भने उनको हिजो मृत्यु भएको अस्पतालले जनाकारी दिएको छ । मृतक पुरुषमा निमोनिया र मृगौला रोगी थिए।

यस्तै पोखरा महानगरपालिका ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। उनमा गत चैत २० गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि चरक मेमोरियल अस्पताल भर्ना भएका उनको सोमबार उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दुशर्माले जानकारी दिए ।

योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ सय ७ पुगेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);