बुटवल र कैलालीमा चार कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बुटवल र कैलालीमा चार कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ३० चैत । कोरोनाबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या फेरि बढ्न थालेको छ ।

बुटवल र कैलालीमा उपचाररत चार जना कोरोना संक्रमितको सोमबार बिहान मृत्यु एको छ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको आज बिहान ज्यान गएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णुप्रसाद गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीया महिलाको सोमबार बिहान ज्यान गएको हो । चैत २१ गते संक्रमण पुष्टि भएकी ती महिला २३ गते मात्र अस्पताल भर्ना भएकी थिइन् ।

अर्घाखाँचीको मालारानी–५ की ७९ वर्षीया महिलाको पनि सोमबार बिहान ज्यान गएको अस्पतालले जनाएको छ । चैत २७ गते संक्रमण पुष्टि भएकी ती महिला सोही दिन अस्पताल भर्ना भएकी थिइन् । कपिलवस्तुको वाणगंगा नगरपालिका–३ का एक जना पुरुषको पनि सोमबार नै ज्यान गएको अस्पतालले जनाएको छ । ती पुरुषमा पनि चैत २७ गते संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए ।

उता कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको पनि ज्यान गएको छ । आइतबार संक्रमण पुष्टि भएका ती पुरुषको सोमबार ज्यान गएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । ती पुरुष फागुन पहिलो साता भारतबाट आएका थिए ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);