मधेश प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

मधेश प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

ज्नकपुरधाम । कोरोना संक्रमणबाट मधेश प्रदेश थप दुई जनाको मृत्यु भएको छ । विरगंजस्थित नारायणी अस्पतालमा उपचारत दुई जना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो । योसँगै मधेश प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुने एक हजार ५१ पुगेको स्वास्थ्य निर्देशनालय कार्यालयले जनाएको छ । 

नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका बारा कलैया उपमहानगरपालिका –५ की ६५ वर्षीया संक्रमित महिलाको शनिबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि महिला शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाले कोभिडविरुद्धको खोपको दुवै डोज लगाएकी थिइन । 

त्यसैगरी, नारायणी अस्पतालमै उपचारत वीरगन्ज महानगरपालिका–३ का ७३ वर्षीय संक्रमित पुरुषको पनि शनिवार बिहान मृत्यु भएको छ । अस्पतालको आइसियु कक्षमा भर्ना गरेर भेन्टिलेटर सपोर्टमा उपचार गर्ने क्रममा शनिवार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सिंहले जानकारी दिए । ती पुरुषले पनि कोभिड विरुद्धको खोपको दुबै डोज लगाएका थिए । 

हाल सम्म मधेश प्रदेश अन्तर्गत सप्तरीमा १५९, सिरहा १३५, धनुषा १३२, महोत्तरी ९१, सर्लाही ९३, रौतहट १२८,बारा १८०, पर्सा १३२ र एक भारतीय नागरिक गरि एक हजार ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्ये पुरुष ७६२ र महिला २८९ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);